डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना पुष्टि

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना पुष्टि
Spread the love

डडेल्धुरा, असोज ८ (ई–रैवार)

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४३ जनाको कोरोना परीक्षण भएकोमा बैतडी र डडेल्धुराका ११ जनामा संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालाका इन्चार्ज इश्वरी प्रशाद भूषालले बैतडीको पुर्चाीडी नगरपालिकाका ९ जना,  पाटन नगरपालिकाका १ जना र डडेल्धुराको नवदुर्गा गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आजै  डडेल्धुरा अस्पतालमा उपचारका क्रममा १ जना कोरोना संक्रमितको  मृत्यु भएको भूषालले जानकारी दिए। उनलाई भारतमा कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।