काठमाडौं, असोज ८ (ई–रैवार)
कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ५ महिला र १२ जना पुरुष रहेका छन् । यो सँगै हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।



