स्याङ्जा र पाल्पामा पहिरो जाँदा १३ जना बेपत्ता, उद्दार कार्य जारी

स्याङ्जा र पाल्पामा पहिरो जाँदा १३ जना बेपत्ता, उद्दार कार्य जारी
Spread the love

काठमाडौं, असोज ८ (ई–रैवार)

स्याङ्जा र पाल्पामा पहिरो जाँदा १३ जना बेपत्ता भएका छन् । स्याङ्जाको वालिङ् नगरपालिका १४ तमादीमा पहिरो जादा एकै परिवारका ८ जना र पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा ५ जना बेपत्ता भएका हुन ।

स्याङ्जाको वालिङ् नगरपालिका १४ तमादीमा पहिरो जादा स्थानीय माया नेपालीको घर पुरिएको हो । पहिरोमा परि एकजनाको ज्यान गएको र एकजना घाइते भएको स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन । पहिरोमा पुरिएकाहरुको उद्दार कार्य जारी रहेको एसपी बोगटीले बताए ।

त्यृस्तै पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा ५ जना बेपत्ता भएका हुन् । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले भने, ‘होमबहादुर गाहाको घरमा ५ जना पुरिएको खबर आएको छ । अरु विवरण आएको छैन । म घटनास्थलमा पुग्दै छु ।’

घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको एसपी भट्टराईले जानकारी दिएका छन ।

सांकेतिक तस्बीर :