सुदूरपश्चिम प्रदेशमा थप ५ जना डिस्चार्ज, संक्रिय संक्रमित संख्या ९ सय ९३ पुग्यो

सुदूरपश्चिम प्रदेशमा थप ५ जना डिस्चार्ज, संक्रिय संक्रमित संख्या ९ सय ९३ पुग्यो
Spread the love

धनगढी, असोज ६  (ई–रैवार)

सुदूरपश्चिम प्रदेशमा थप ५ जना कोरोना संक्रमण मुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले नियमित प्रेस ब्रिफिङमा  कैलालीका ४ र डोटीका १ जनालाई डिस्चार्ज गरिएको जानकारी दिएका हुन ।

सामाजिक विकास मन्त्रालयका अनुसार यो संगै प्रदेशमा ५ हजार ७  सय ५१ संक्रमितले कोरोना जितेका छन् । अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६ सय ८३ जना निको भएर घर फर्किएका छन्।

मन्त्रालयका अनुसार डोटीका ९ सय २९, अछामका ९ सय १२ र कञ्चनपुरका ७ सय ९ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका ४ सय ४२ जना, बझाङका ३ सय ८८, बैतडीका ३ सय २६, डडेल्धुराका ३ सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ९ सय २  पुगेको छ। उनीहरु मध्ये १५ जनाको मृत्यु भईसकेको छ।

सबैभन्दा बढि कैलालीमा २ हजार १ सय १०, डोटीका १ हजार ५०, अछामका ९ सय ९४, कञ्चनपुरका ७ सय ७५, बाजुरका ६ सय ३०, बझाङका पाँच सय १९, बैतडीका तीन सय ८९, डडेल्धुराका तीन सय ४८ र दार्चुलाका ८७ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्याङक अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या ९ सय ९३ पुगेको छ ।

निर्देशनालयका अनुसार कैलालीमा ४ सय ७०, डोटीमा १ सय १८, अछाममा ७७, बझाङमा ८९, कञ्चनपुरमा ४५ जना, बैतडीमा ६९, डडेल्धुरामा १६, बाजुरामा ९ र दार्चुलामा ३० जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

संक्रिय संक्रमित मध्ये ४७ जनाको विभिन्न अस्पतालको आईसोलेसनमा उपचार भईरहेको निर्देशनालयले जनाएको छ ।