डोटी, भदौ २८ (ई-रैवार)
डोटीमा दुई हप्ता अघि देखि सुरु गरेको निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले एक सूचना जारी गर्दै सोमबारबाट लागु हुने गरी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।
जिल्ला कोभिड-१९ संकट ब्यबस्थापन केन्द्रको बैठकपछी जिल्लामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । कोरोनाको ब्यबस्थापन, नियन्त्रण तथा न्युनिकरणमा सफलता प्राप्त भएपछी निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराइले जानकारी दिएका छन ।
निषेधाज्ञा खुकुलो भएपछी जिल्ला भित्र सार्बजनीक तथा निजि सवारी साधनले भौतिक दुरी कायम गरी कुल सिट क्षमताको ५० प्रतिसत मात्र यात्रु बोक्न पाउने भएका छन ।
जसका लागि अनिबार्य मास्क लगाउनु पर्ने र सेनिटाइजरको प्रयोग गर्नुपर्ने नियम बनाइएको छ । त्यसैगरी उद्योग, ब्यापार र ब्यबसायहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पुरा गरी बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म सञ्चालन गर्न पाइने भएको छ । अटोरिक्सामा दुई भन्दा बढी यात्रु नबोक्न भनिएको छ ।
स्वास्थ्य सजकता अपनाएर विहान ६ बजे देखि साँझ ६ बजे सम्म व्यापार व्यवसाय सञ्चालन गर्न पाइने जनाएको छ । होटेल, रेष्टुरेन्ट तथा खाजाघरहरुको हकमा भिडभाड नगरी सञ्चालन गर्न पाउने ब्यबस्था गरीएको छ । सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाका कार्यालय, गैर सरकारी तथा निजि क्षेत्रका कार्यालयहरुले स्वास्थ्य मापदण्ड पुरा गरी सेवा दिन पाइने भएको छ ।
जिल्ला प्रशासनले नागरीकता बितरणको सवालमा गत साउन २२ गते गरेको निर्णय बमोजि तोकेको दिनमा तोकेको स्थानिय तहका नागरीकलाई मात्र उपलब्ध गराइने बताएको छ । जिल्लामा भिडभाड, कार्यक्रम, गोष्ठि, धार्मीक मेला महोत्सव गर्न भने बन्देज लगाइएको छ । सार्बजनिक स्थलमा जादा वा यात्रा गर्दा अनिबार्य मास्क लगाउनु पर्ने र सेनिटाइजरको प्रयोग गर्नुपर्ने भनिएको छ ।
डोटी जिल्लामा पहिलो चरणमा भाद्र १४ गते देखि २१ गते सम्म निषेधाज्ञा जारी गरिएकोमा २१ देखी २८ गते राती १२ बजे सम्मका लागि थप गरिएको थियो ।




