सञ्चार गृहमै पत्रकारमाथिको आक्रमण दुःखद : नगरप्रमुख वड

सञ्चार गृहमै पत्रकारमाथिको आक्रमण दुःखद : नगरप्रमुख वड
Spread the love

धनगढी, भदौ २८ (ई-रैवार)

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले दिनेश सञ्चार गृह र पत्रकारमाथि कार्यालयमै प्रवेश गरेर गरिएको आक्रमणको घटना अत्यन्तै दुःखद भएको बताएका छन् ।

दिनेश सञ्चार गृहमै पुगेर नगरप्रमुख वडले घटनाको निन्दा तथा भत्र्सना गरेका हुन । समाचारमा चित्त नबुझेमा कानुनी उपचार खोज्ने थुपै्र बाटो हुदाहुदै पनि मिडिया हाउसमै पुगेर घटना घटाईनु कदापी राम्रो होईन नगरप्रमुख वडले भने, दोषी उम्कीनु हुदैन ।

दिनेश खवरका प्रवन्धक अनिता कुँवरलाई भेटेर दोषीलाई कानुनी दायरामा ल्याउन आफुले स्थानीय प्रशासनलाई दवाव दिदै आएको बताएका छन । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका पक्षमा आफु सधै रहने नगरप्रमुख वडले बताए ।