कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३ सय ४५ पुग्यो

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३ सय ४५ पुग्यो
Spread the love

काठमाडौँ,  भदौ २८ (ई-रैवार) 

कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ३ जना महिला र ६ जना पुरुष रहेका छन् ।

कोरोना संक्तमणबाट काठमाडौंमा मात्रै ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीया २ महिला, ५९, ७०, ६४ र ५९ वर्षीय पुरुष रहेका छन् । यस्तै मोरङमा ६९ वर्षीय र सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुष तथा कास्कीमा ४५ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा.  गौतमका अनुसार यो सँगै हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ ।