मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाईते

Spread the love

धनगढी, असोज ३१ (ई-रैवार)

मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कैलालीको टीकापुर नगरपालिका २ विकास टोलमा से६प १९३१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा परी टीकापुरनगरपालिका वडा न १ का १८ वर्षीय सुन्दर मगर र सोही ठाँउका १८ वर्षीय केशव मगरको मृत्यु भएको छ भने १९ वर्षीय आशिष मगर घाईते भएका छन्।

टिकापुरको पार्कमोड देखी सितापुरजाने क्रममा मोटर साईकल अनियन्त्रित भएर कल्भर्टमा ठोक्किँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तीनै जनालाई टीकापुर अस्पतालमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रिफर गरिएको र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते आशिषको उपचार भइरहेको छ।  मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ।