खेलकुद

तेस्रो जित निकाल्ने योजनामा दिल्ली, सन्दीपले मौका पाउलान् ?

एजेन्सी, असोज १३ (ई-रैवार)  यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मंगलबार नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटलले आफ्नो तेस्रो खेल खेल्दै छ । सेख ज्यायद क्रिकेट स्टेडियममा हुने खेलमा दिल्लीले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्न लागेको हो । दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु […]

लिभरपुलले आर्सनललाई पराजित गर्दै लगातार तेस्रो जित

एजेन्सी, असोज १३ (ई-रैवार) लिभरपुलले प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ ले पराजित गर्दै लिगमा लगातार तेस्रो जित निकालेको हो । लिभरपुललाई पुनरागमन जित दिलाउन साडिओ माने, आन्द्रे रोवेर्टसन र डिओगो जोटाले एक एक गोल गरे । आर्सनलका लागि एलेकजान्दर लाकाजेटेले गोल गरे […]

आईपीएल : मुम्बईमाथि बैंगलोरको जित

काठमाडौँ,  असोज १३ (ई-रैवार) युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी– २० क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दोस्रो जित निकालेको छ । राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बेङ्ग्लोरले दोस्रो जित निकालेको हो । बेङ्ग्लोरले दिएको २ सय २ रनको लक्ष्यमा मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ […]

आईपीएल : दोस्रो जित निकाल्ने योजनामा मुम्बई

एजेन्सी, असोज १२ (ई-रैवार)  १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटमा आज (सोमबार) साबिक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै छन् । सिजनको पहिलो खेल हारबाट सुरु गरेको मुम्बईले दोस्रो खेलमा भने जित निकालेको थियो । यता पहिलो खेलमा जित निकालेको बैंगलोर दोस्रो खेलमा भने हार बेहोरेको थियो । मुम्बई र […]

आईपीएल : पञ्जावमाथि राजस्थानको सनसनीपूर्ण जीत

काठमाडौं, असोज १२ (ई-रैवार)  इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोलयल्सले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा राजस्थानले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको हो । यसलाई आईपीएल इतिहासमा कुनै पनि टोलीले सफलतापूर्वक पछ्याएको यो सर्वाधिक ठूलो योगफल मानिएको छ । यसअघि आईपीएलमा सर्वाधिक रन चेशको कीर्तिमान […]

आईपीएल : राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबसँग प्रतिस्पर्धा गर्दै

एजेन्सी,  असोज ११ (ई–रैवार) इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटअन्तर्गत आज (आइतबार) राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबसँग प्रतिस्पर्धा गर्दै छ । शारजाहाँ क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ मा सुरु हुनेछ । राजस्थान आजको खेलमा जित निकाल्ने योजनामा हुने । आजको खेलमा जित निकाल्न सके राजस्थानले लिगमा लगातार दोस्रो जित […]

आईपिएल : कोलकाताको पहिलो जित

एजेन्सी, असोज ११ (ई–रैवार) इन्डियन प्रिमियर लिग (आईपिएल) टि–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले पहिलो जित निकालेको छ । शनिबार भएको सिजनको आफ्नो दोस्रो खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको हो । शेख जायद स्टेडियममा हैदरावादले दिएको १४३ रनको लक्ष्य पछएको कोलकाताले १८ ओभरमा ३ विकेट गुमाउँदै १४५ रन बनाएको हो । कोलकाताका लागि ओपनर […]

राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि

काठमाडौं, असोज १० (ई–रैवार)  राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि शुरु हुने भएको छ । नेपाल ब्याडमिन्टन सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयपछि प्रशिक्षण पुनः आरम्भ गर्न लागेको हो । कोरोना भाइरसको महामारीका कारण बन्द गरेको प्रशिक्षण नेपाल ब्याडमिन्टन सङ्घले गत साउनमा पुनः सञ्चालन गरेको थियो । उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै फेरी प्रशिक्षण बन्द गर्नुपरेको […]

आईपीएल : दिल्लीको लगातार दोस्रो जित

एजेन्सी,  असोज १० (ई–रैवार) इन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको आफ्नो दोस्रो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको हो । दुबई इन्टरनेश्नल क्रिकेट स्टेडियममा दिल्लीले दिएको १७६ रनको लक्ष्य पछएको चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै मात्र १३१ रन बनायो । […]

आईपीएल : दिल्लीद्वारा चेन्‍नईसामु १ सय ७६ रनको लक्ष्य

एजेन्सी, असोज ९ (ई–रैवार) इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले आफ्नो दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।  दुबई इन्टरनेश्नल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७५ रन बनाएको हो । दिल्लीका लागि पृथ्वि सवले अर्धशतकीय पारी खेले । […]