एजेन्सी, असोज ११ (ई–रैवार)
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटअन्तर्गत आज (आइतबार) राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबसँग प्रतिस्पर्धा गर्दै छ ।
शारजाहाँ क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ मा सुरु हुनेछ । राजस्थान आजको खेलमा जित निकाल्ने योजनामा हुने । आजको खेलमा जित निकाल्न सके राजस्थानले लिगमा लगातार दोस्रो जित दर्ता गर्नेछ ।
राजस्थानले लिगको पहिलो खेलमा चेन्नईविरुद्ध १६ रनको जित निकालेको छ । त्यसैले आजको खेलमा पनि उत्कृष्ट जित निकाल्ने योजना छ । यता लिगमा दुई खेल खेलिसकेको पन्जाब पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो ।
दोस्रो खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ९७ रनको विशाल जित दर्ता गरेको थियो । त्यस्तै आज पन्जाब राजस्थानसँग पनि बलियो बन्ने योजनामा छ ।


