कांग्रेसको कैलाली सभापतिमा देउवा पक्षका भट्ट विजयी

Spread the love

धनगढी : नेपाली कांग्रेसको कैलाली जिल्ला सभापतिमा कांग्रेस नेतृ आरर्जु देउवा पक्षका उम्मेदवार नारायणदत्त भट्ट विजयी भएका छन् । बिहीबार भएकाे पुन: मतदानबाट पहिलो चरणमा सर्वाधिक मत ल्याउने प्रकाश बमलाई पराजित गर्दै भट्ट विजयी भएका हुन् । 

कांग्रेसको कैलाली जिल्ला सभापतिमा पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बमलाई २ सय ६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन्।

देउवा पक्षका उम्मेदवार भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी भएका हुन् भने सभापति शेरबहादुर देउवा नै निकट मानिने बमले एक हजार ९६ मत पाए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको थियो। आज भएको मतदानमा २ हजार ४६७ मत खसेको थियो। 

बिहीबार बिहान भएकाे पुन: मतदानमा २४६७ मत खसेकाे थियाे । गत आइतबार भएकाे पहिलो चरणकाे मतदानमा तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुन: मतदान भएकाे थियाे ।

सभापतिकाे प्रतिस्पर्धाबाट पहिलाे चरणमै बाहिरिएका शेखर काेइराला पक्षका रामप्रसाद कलेलले बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै बमलाई साथ दिने घाेषणा गरेका थिए । तर काेइराला पक्षकाे साथ पाएर समेत बमले पहिलो चरणमा पाएकाे मत समेत कटाउन सकेनन् ।

सभापतिको प्रतिस्पर्धाबाट पहिलो चरणमै बाहिरिएका कोइराला पक्षका कलेलले बुधबार बमलाई साथ दिने घोषणा गरे पनि कोइराला पक्षकै नेता कमल शाहीले निर्णय नमान्दा भट्ट विजयी भएको निकट नेताहरुले बताएका छन् । 

कुन क्षेत्रमा कसको मत कति ?

क्षेत्र १ मा  
नारायण भट्ट – २७८
प्रकाश बम– १६३

क्षेत्र नम्बर २ मा 
भट्ट – २८१
बम – १६३

क्षेत्र नम्बर ३ मा 
भट्ट – २६०
बम – २२१

क्षेत्र नम्बर ४ मा 
भट्ट – २६२
बम -२८२

क्षेत्र नम्बर ५ मा  
भट्ट – २७८
बम – २४८