राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै, तीन प्रतिवेदन पेस हुने

Spread the love

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बुधबार (आज) दिउँसो १ बजे धुम्बाराही स्थित एसआर बैङ्क्वेटमा बैठक बस्ने भएको हो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बैठकमा समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहको निर्वाचन र भावी कार्यदिशाबारे छलफल हुने जानकारी दिए । उनका अनुसार  बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी, भावी कार्ययोजना र विविध विषयमा छलफल हुनेछ ।

आजको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक, उपाध्यक्ष तथा सचिवालय प्रमुख हेमजंग गुरुङले सचिवालयको प्रतिवेदन, महामन्त्री तथा स्थानीय तहको निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

आजको बैठकमा प्रतिवेदन माथि छलफल सुरु हुनेछ । बैठक बिहीबारसम्म चल्नेछ ।