काठमाडौं फागुन। पछिल्लो समय वाणिज्य बैङ्कहरूको मुद्दती निक्षेपमा प्रतिफल घट्ने क्रम जारी छ । फागुन १ देखि लागु हुने गरी वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको औसत ब्याजदरमा कमी आएको छ । माघमा ४.६८४५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर फागुनमा ०.११५५ प्रतिशत विन्दुले घटेर ४.५६९ प्रतिशतमा झरेको […]
अर्थ
सात महिनामा सरकारले उठायो ६ खर्ब ६४ अर्ब राजस्व
काठमाडौं फागुन । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को माघ महिनासम्ममा कुल ६ खर्ब ६४ अर्ब २ करोड ५१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार माघ २९ गतेसम्म सो बराबर राजस्व सङ्कलन भएको हो । यो सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा ३।४५ प्रतिशतले बढी हो । गत […]
सेयर किन्न ब्रोकरले ऋण दिन पाउने व्यवस्था आजदेखि लागू हुँदै
काठमाडौं फागुन। अब धितोपत्र ब्रोकरहरूले पनि लगानीकर्तालाई सेयर खरिदका लागि ऋण दिन पाउने भएका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंगलबार ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका २०८२’ जारी गरेको थियो । उक्त निर्देशिका आज १ फागुन अर्थात् शुक्रबारदेखि कार्यान्वयनमा ल्याउन निर्देशन जारी गरेको छ । मार्जिन कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन सूचीकृत कम्पनीहरूका लागि धितोपत्र […]
४२ दिनका लागि आज ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडौं माघ। नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज उल्लेखित रकम झिक्न थालेको हो । बजारमा रहेको तरलता दीर्घकालीन प्रकृतिको भएकाले राष्ट्र बैंकले यसअघि २ सातामा ९ वटा ऋणपत्रमार्फत २ खर्ब […]
६ महिनामा ५ लाख ९० हजार बढिले लिए श्रम स्वीकृति
काठमाडौं माघ। पछिल्लो ६ महिनामा ५ लाख ९० हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्ममा ५ लाख ९० हजार ७ सय १८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार ५ लाख १४ हजार ३ सय ५० पुरूष र ७६ […]
६ महिनामा अन्तर्राष्ट्रिय व्यापार १० खर्ब ८१ अर्ब पुग्यो
काठमाडौं माघ। चालु आर्थिक वर्षको ६ महिनामा नेपालले १० खर्ब ८१ अर्ब ४ करोड रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार यो आर्थिक वर्षको सही अवधिको तुलनामा १७.३६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा नेपालले कुल ९ खर्ब २१ अर्ब १५ करोड रूपैयाँको वैदेशिक व्यापार गरेको थियो। चालु वर्षको ६ महिनामा […]
उपभोक्ता ठगी गर्ने ३१ फर्ममाथि कारबाही
काठमाडौं माघ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाउँदै उपभोक्ता ठगी गर्ने र मापदण्ड पूरा नगर्ने ३१ वटा व्यावसायिक फर्ममाथि कारबाही तथा निर्देशन जारी गरेको छ । विभागले आइतबार र मंगलबार गरेको छुट्टाछुट्टै अनुगमनमा ती फर्मलाई कारबाही तथा जरिबाना गरेको हो ।विभागका अनुसार मंगलबार गरिएको अनुगमनमा सूर्यविनायक नगरपालिका-२ बालकोटमा रहेको खिलुङ कालिका […]
६ महिनाको सरकारी खर्चमा एक खर्ब बढीको ऋण
काठमाडौं माघ। ६ महिनाको अवधिमा एक खर्ब २ अर्ब रूपैयाँको बजेट घाटा पुगेको हो। गत वर्ष यो अवधिमा ९३ अर्ब रूपैयाँको घाटा बजेट पुगेको थियो। आर्थिक वर्ष २०७९/८० मा जम्मा ४८ अर्ब थियो। ६ महिनामा सरकारले ६ खर्ब ९० अर्ब रूपैयाँ बराबरको बजेट खर्च भएको छ। यसै समयमा सरकारले ऋण बाहेक ५ खर्ब ८८ अर्ब रूपैयाँ […]
खाद्यले घटायो धान खरिदको कोटा
काठमाडौं माघ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८२ मा छुट्याइएको कोटा घटाएको छ । चालु वर्षमा कम्पनीले १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने जनाएको थियो । तर त्यसमध्ये करिब १० हजार क्विन्टल धान खरिद गर्ने कोटा घटाएर करिब १ लाख ८० हजार क्विन्टल मात्रै गहुँ खरिद गर्ने कम्पनीका कार्यकारी […]
६ महिना सकिँदा ५ खर्ब ८१ अर्बको मात्रै राजस्व संकलन
काठमाडौं माघ। आर्थिक वर्षको ६ महिना सकिँदा जम्मा ३ प्रतिशतको मात्रै राजस्व वृद्धिदर पाइएको छ। अर्थ मन्त्रालयको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा ५ खर्ब ८१ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। जबकि सरकारले यो अवधिसम्म ७ खर्ब १२ अर्ब रूपैयाँको अनुमान गरेको थियो। यो हिसाबले लक्ष्यको तुलनामा १८ प्रतिशत अर्थात एक खर्ब ३१ अर्ब रूपैयाँ कम […]


