काठमाडौं,जेठ । सरकारले ३४ प्रकारका वस्तुमा अन्तःशुल्क कर थप गरेको छ । यसअघि अन्तःशुल्कको दायरामा नरहेका वस्तुहरुलाई अन्तःशुल्कको दरमा समेटेर सरकारले अन्तःशुल्क कर थप गरेको हो । आर्थिक विधेयक २०८० मा संशोधन गरेर सरकारले चिसो पेय पदार्थ, दाह्री काट्ने मेशिन, श्रृगांर सामग्री, चम्चा, काँटा, लगायतका वस्तुमा अन्तःशुल्क थप गरेको हो । सरकारले विद्युतीय चुरोटमा ३० […]
अर्थ
सिटी होटल लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर आईपीओ बाँडफाँट
काठमाडौं, जेठ । सिटी होटल लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३ लाख ५५ हजार ९४० कित्ता सेयर निष्कासन खुला गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले […]
निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू
काठमाडौं, चैत । नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले घटाएको थियो । यसैगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको छ । मूल्य समायोजन […]
आन्तरिक विद्युत खपत क्षमता वृद्धि मुख्य प्राथमिकतामा : मन्त्री बस्नेत
काठमाडौं, चैत २० गते । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत यहीभित्र खपत गर्न क्षमता वृद्धि आफ्नो मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाल विद्युत प्राधिकरणले सोमबार गरेको बधाई, शुभकामना तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले विद्युत नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार […]
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको हो । घटेको मूल्य सोमबार राति १२ बजेपछि लागू हुनेछ ।हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ, अन्तर्राष्ट्रिय तर्फ प्रतिलिटर […]
सुनको मूल्य घट्यो
काठमाडौं,फागुन । मंगलबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर एक लाख ३ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य एक लाख २ हजार ५ सय र चाँदीको मूल्य १२ सय ९० रुपैयाँमा स्थिर छ । सोमबार […]
प्रधानमन्त्री इमरान खानविरुद्धको पाकिस्तानमा अविश्वास प्रस्ताव पास
२७ चैत, काठमाडौं । अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो । अविश्वास प्रस्ताव पास भएपछि सदनलाई सम्बोधन गर्दै पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले १० अप्रिलको ऐतिहासिक महत्व भएको बताए । उनले १० […]
नेपाली पौरख र गौरवभित्र लुकेर बसेका सम्पदाहरूको खोजी आवश्यक छ : प्रधानमन्त्री देउवा
काठमाडौं, कात्तिक २८ (ई-रैवार) प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमता विश्वभर चिनाउनुपर्ने बताएका छन् । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठक समुद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली पौरख र गौरवभित्र लुकेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमता विश्वभर चिनाउनुपर्ने बताएका हुन् […]
तिब्बती शरणार्थी भन्छन्- ‘दुङाल’ मेरै कथा हो
काठमाडौं, कात्तिक १३ (ई-रैवार) मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिए । कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक […]
डेउडा प्रतिष्ठान डोटीको तदर्थ समिति गठन, अध्यक्षमा शेर साउँद
डोटी साउन २४(ई-रैवार) डेउडा प्रतिष्ठान डोटीको जिल्ला समिति गठन गरिएको छ । आईतबार दिपायलको सत्कार होटलमा बसेको भेलाले लोक डेउडा गायक शेर बहादुर साउँदको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति गठन चयन गरेको हो । यस्तै भेलाले उपाध्यक्षमा देबी खड्का, सचिवमा दीपक खाती, कोषाध्यक्षमा शेर विष्ट र सहसचिवमा योगेन्द्र बहादुर खड्कालाई चयन गरेको छ । यस्तै […]


