फिचर

बैंक तथा वित्तीय संस्थाहरू पनि शनिबार र आइतबार बन्द हुने

काठमाडौं चैत । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि बिदा र कार्यालय समयसम्बन्धी नयाँ व्यवस्था लागू गर्ने घोषणा गरेको छ। राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार सरकारको निर्णय बमोजिम अबदेखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ। यो व्यवस्था आजैदेखि लागू हुने जनाइएको छ।वसअघि सरकारले सरकारी कार्यालयहरु तथा शिक्षण संस्थाहरु […]

बजारमा पैसा घटाउन आज राष्ट्र बैंकले २५ अर्ब झिक्दै

काठमाडौं चैत । नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज उल्लेखित रकम झिक्न थालेको हो । सोही क्रममा आज ३९ दिनका लागि २५ अर्ब रुपैयाँ झिक्न लागेको राष्ट्र बैंकले जनाएको छ […]

प्रतिलिटर १२४ ले बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं चैत। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले वृद्धि गरिएको छ। साविकमा प्रतिलिटर रु एक सय २७ रहेको आन्तरिकतर्फको हवाई इन्धन अब वृद्धिपछि प्रतिलिटर रु दुई सय ५१ पुगेको छ। यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर आठ सय १९ अमेरिकी डलर […]

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं,  चैत । नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप खिच्दैछ ।अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।अहिले कुल निक्षेप ७७ खर्ब भन्दा बढी पुगेको छ ।केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप […]

एमाले प्रदर्शनमा पक्राउ परेका ६ जनालाई छाडियो

काठमाडौं चैत ।नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनको क्रममा प्रकाउ परेका ६ जनालाई छाडिएको छ। बबरमहल आसपासबाट पक्राउ परेका ६ जनालाई रिहा गरिएको प्रहरीले जनाएको छ। यस्तै, पक्राउ परेका एकजना भने बैंकिङ कसुरमा फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ।

सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढ्यो

काठमाडौं चैत । नेपाली बजारमा सुनको भाउ वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरभाउ अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ८६ हजार रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ८१ हजार रुपैयाँ रहेको थियो। त्यसैगरी, १० ग्राम […]

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने सरकारको निर्णय

काठमाडौं चैत । सरकारले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । आजको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले जेनजी आन्दोलनको अवस्था अध्ययन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै बैठकले शहीदप्रति सम्मान गरेको बताउँदै उनले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माण गर्न […]

प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण

काठमाडौं चैत। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। उनको शपथपछि आजै मन्त्रीमण्डल गठन हुनेछ।

आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं चैत। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गरेको छ। समष्टिगत आर्थिक अवस्था, राजस्वको प्रवृत्ति, खर्चको दबाब र वित्तीय बजारको अवस्थालाई आधार मानेर आयोगले ऋण परिचालनमा अनुशासन कायम गर्न जोड दिँदै तीनै तहका सरकारलाई औपचारिक सिफारिस गरिएको जनाएको छ। […]

८ महिनामा विकास खर्च ७८ अर्ब

काठमाडौं चैत । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिना (साउन–फागुन)मा ७८ अर्ब ४८ करोड रुपैयाँ बराबर मात्र विकास खर्च गर्न सकेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार फागुन मसान्तसम्म वार्षिक लक्ष्यको १९.२४ प्रतिशत मात्र विकास खर्च भएको छ । यस वर्ष सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ बराबर पूँजीगत खर्चको […]