दाङ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो ।प्रस्तुत बजेटमध्ये पूँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ, चालुतर्फ ११ […]
फिचर
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब संकलन
काठमाडौं जेठ। सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब संकलन भएको छ। जेठ २० गतेसम्म एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार बराबरको योगदान रकम जम्मा भएको हो। सामाजिक सुरक्षा कोषले जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ। दैनिक रूपमा […]
कोशी प्रदेश बजेट तयारी
विराटनगर जेठ । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले सांसदहरूका लागि बजेटको छुट्टाछुट्टै सीमा (सिलिङ) तोकेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिने योजनाका लागि प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूलाई फरक–फरक बजेट सीमा तोकिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रत्यक्ष निर्वाचित सांसदका लागि प्रतिव्यक्ति ४ करोड […]
उद्योगी–व्यवसायीमाथि गरिएको धरपकडले नकारात्मक सन्देश प्रवाह गर्यो : सिद्धार्थ उवासंघ
भैरहवा, जेठ । सरकारले पछिल्ला केही दिनयता विभिन्न आर्थिक विषय तथा वित्तीय कारोबार सम्बन्धी अनुसन्धानका क्रममा उद्योगी–व्यवसायी, निर्माण व्यवसायी र बैंकिङ क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुमाथि गरिएको पक्राउ तथा धरपकडप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले जनाएको छ ।संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले यसप्रकारका गतिविधिबाट स्वदेशी तथा विदेशी लगानीकर्ता, उद्यमी तथा व्यवसायीमा नकारात्मक सन्देश […]
चालु आर्थिक वर्षमा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र
काठमाडौं जेठ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनाको करिब ६० प्रतिशत भएको छ। महालेखा नियन्त्रक कार्यालयकाअनुसार बितेका दश महिनामा रु ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएकामा हालसम्म वार्षिक विनियोजनको ५९ […]
१०० रुपैयाँमाथिका सामानमा भन्सार महशुल : पुनरावलोकन गर्न सांसदहरूको माग
पश्चिम नवलपरासी, वैशाख । नेपाल–भारत सीमा नाकाहरूमा भन्सार प्रशासनले १ सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा पनि अनिवार्य भन्सार शुल्क लगाउन थालेपछि आफूहरु मारमा परेका सीमावर्ती क्षेत्रका सर्वसाधारणले बताएका छन् । भन्सार विभागले राजस्व चुहावट नियन्त्रण र आन्तरिक बजार प्रवद्र्धन गर्ने उद्देश्यले भन्सार ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ । यसअन्तर्गत, अब भारतबाट नेपाल प्रवेश […]
काठमाडौंदेखि ढाकासम्म सिधा उडान गर्ने निगमको तयारी
काठमाडौं बैशाख। नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौं देखि बंगलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ। निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ। छिमेकी देश भए पनि बंगलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन। सोही आवश्यकतालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया […]
५ वर्षमा १५ लाखलाई जागिर दिने सरकारको प्रतिबद्धता
काठमाडौं बैशाख । सरकारले आगामी ५ वर्षमा १५ लाख जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ । राष्ट्रिय मान्यताप्राप्त ६ राजनीतिक दलका घोषणापत्र अध्ययन गरी तयार पारिएको राष्ट्रिय प्रतिबद्धताु मा सरकारले स्वदेशमै रोजगारी सिर्जनाको वातावरण बनाउने जनाएको छ । डाक्टर, नर्स, इन्जिनियर, कृषि, वन, सूचना प्रविधि आदि क्षेत्रका प्राविधिक जनशक्तिलाई देशमै रहेर रोजगारी र व्यवसाय गर्न […]
बाँकेमा गहुँ खेती क्षेत्र घट्यो, उत्पादन बढ्यो
बाँके बैशाख। बाँके जिल्लामा गहुँ खेती गर्ने क्षेत्र घट्दै गए पनि गत वर्षको तुलनामा उत्पादनमा वृद्धि भएको छ। उन्नत जातको बीउ, सिँचाइ र अनुकूल मौसमका कारण यो वर्ष गहुँ खेती उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए। खेती गर्ने जग्गाको क्षेत्रफल घटे पनि यस वर्ष गत […]
आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर करिब आधा घटेर २.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। अघिल्लो वर्ष ४.६ प्रतिशत रहेको वृद्धिदरमा आएको गिरावटका पछाडि मध्यपूर्वको द्वन्द्व र आन्तरिक अशान्तिलाई प्रमुख कारण मानिएको छ। विश्व बैंकले नेपालको आर्थिक अवस्थाबारे सार्वजनिक गरेको ‘दबाबमा वृद्धिः आन्तरिक […]


