सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा अनलाइनबाटै हुने

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा अनलाइनबाटै हुने
Spread the love

धनगढी, भदौ २४ (ई-रैवार) 

सुदूरपश्चिम विश्वविद्यालयले अनलाइन माधयमबाटै सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले असोज दोस्रो सातादेखि संचाल हुने परक्षिा अनलाइन माधयमबाटै सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले असोज दोस्रो सातादेखि सञ्चालन हुनेगरी सबै संकायका स्नातक तह तेस्रो शत्रका परीक्षा, इन्जिनियरिङको स्नातक तह पहिलो र तेस्रो शत्र र स्थानीय तह कृषि विज्ञान बिषयका पहिलो र तेस्रो शत्रका परीक्षा सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ ।

कोरोना महामारीका कारण प्रभावित भएका परीक्षा अनलाइन माधयमबाटै सञ्चालन गर्ने सहपरीक्षा नियन्त्रक प्रेमसिंह भाटले बताएका छन । उनका अनुासर सार्वजनिक कार्यतालिका अनुसार खुला किताब अवधारणामा विद्युतीय (अनलाइन) प्रणालीबाट परीक्षा सञ्चालन हुनेछन् ।

विश्वविद्यालयले विद्यार्थीलाई इमेलमा प्रश्नपत्र पठाउनेछ । प्रश्न पत्र पाएको पाँच घण्टाभित्र विद्यार्थीले उत्तरपुस्तिका इमेलमा पठाउनुपर्नेछ । ‘चार घण्टा विद्यार्थीहरुलाई उत्तर लेख्नका लागि र एक घण्टा इमेलमा अपलोड गर्नका लागि छुट्याइएको छ’ सहपरीक्षा नियन्त्रक भाटले भने ‘ए फोर साइजको कागजमा विद्यार्थीहरुले हातले लेखेर प्रष्ट देखिने गरि फोटो खिचेर वा स्क्यान गरेर इमेल गर्नुपर्नेछ ।’

उनले इन्टरनेटको सुविधा भएका विद्यार्थीहरुले घरवाटै वा आफूलाई पायक पर्ने ठाउँमा बसेर परीक्षा दिनसक्ने वताए । उनले ‘इन्टरनेटको समस्या भएका विद्यार्थीहरुले सुदूरपश्चिम विश्वविद्यालयका १५ आंगिक क्याम्पसहरुमध्ये आफूलाई पायक पर्ने क्याम्पसमा गएर तोकिएको समयभित्र उत्तर पुस्तिका बुझाउनुपर्नेछ ।’

यसरी प्राप्त गरेको उत्तरपुस्तिका क्याम्पसले सोही दिन राति १२ बजेभित्र परीक्षा नियन्त्रण कार्यालयलाई इमेल गरिसक्नुपर्ने छ । विगत बर्षमा जस्तो बहुवैकल्पिक प्रश्न यस परीक्षामा नसोधिने सहनियन्त्रक भाटले जानकारी दिए । उनले भने ‘यो खुला किताब वा खुला स्रोतमा आधारित परीक्षा भएकाले यसमा विद्यार्थीहरुलाई विषयगत प्रश्न मात्रै सोधिनेछ ।’

किताबबाट हुवहु सार्न मिल्ले प्रश्न नसोधिने भएका कारण यस परीक्षामा विश्वसनीयताको समस्या नहुने उनको दावी छ । सहनियन्त्रक भाटले भने ‘विश्लेषणात्मक प्रश्न सोधिने भएकाले विद्यार्थीले आफ्नै मौलिकताले लेख्नु पर्ने हुन्छ ।’ विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरी कार्यान्वयनमा ल्याएको भाटले बताएका छन ।