मुख्यमन्त्री सहित ८३ जनाको कोरोना रिर्पोट नेगेटिभ

मुख्यमन्त्री सहित ८३ जनाको  कोरोना रिर्पोट नेगेटिभ
Spread the love

 

धनगढी, १२ भदौ  (ई-रैवार)

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहित ८३ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्री त्रिलोचन भट्ट सहित ८३ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार आज गरिएको परीक्षणमा मुख्यमन्त्री भट्ट, उनका परिवारका सदस्य, स्वकीय सचिवालयका कर्मचारी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका निजामती सेवाका कर्मचारी सहित ८३ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको हो ।

अस्पतालका सूचना अधिकारी श्रेष्ठले कोरोना संक्रमित सवारी चालकको सम्पर्कमा आएका मुख्यमन्त्री सहितका ८३ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको बताएका छन ।

गत भदौँ ७ गते मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउँदै आएका २३ वर्षीय सवारी चालकमा कोरोना पुष्टि भएको थियो ।