नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुग्यो, ५७ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुग्यो, ५७ जना थपिए
Spread the love

काठमाण्डौँ वैशाख ३० (ई-रैवार)

मंगलवार गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उनीहरु सबै पुरुष हुन्। जसमा कपिलबस्तुका ८, रुपन्देहीका ९, पर्सााका ३९ जना र बाराका १ जना छन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।