जीवन बोहरा
जोरायल असोज २०(ई-रैवार): २९ जनाको ज्यान जानेगरी भएको जोरायल बस दुर्घटनाको मंगलवार छबर्ष पुरा भएको छ ।
दशैँको टीका थापेर जोरायलबाट धनगढितर्फ फर्कदै गरेका जोरायलबासी बोकेको बस २०७१ साल असोज २० गते जोरायल गाउँपालिका-२ को कटपतेमा दुर्घटनाग्रस्त भएको थियो । जसमा २९ जनाले ज्यान गुमाएका थिए भने ६८ जना घाईते भएका थिए।
सोही घटनाका मृतकहरूको सम्झनामा मंगलवार घटनास्थलमा नेपाल तरूण दलले दीप प्रज्वलन गरेको छ । जोरायल गाउँपालिका-३ र वडा नम्बर-४ को तरूण दलको वडा कमिटिको नेतृत्वमा गएको युवाहरूको टोलीले दीप प्रज्वलन गरेको हो ।
तरूण दलका वडा नम्बर-३ का सभापति बिराज भट्टले सो दुर्घटनामा जोरायल क्षेत्रले ठुलो क्षती पु-याएको बताए । उनले भने,’जोरायलले ठुलो मानविय सम्पत्ती गुमाएको दुखद घटना थियो त्यो । त्यो घटनाले जोरायलबासीलाई सधै तर्साईरहन्छ ।’
घटनापछि हरेक बर्ष असोज २० गतेलाई जोरायलबासीले कालोदिन मनाउने गरेको तरूण दल वडा नम्बर-४ का सभापति भरत बोहराले बताए ।
दीप प्रज्वलन कार्यक्रममा जोरायल गाउँपालिका-३ का वडाध्यक्ष दीनेश मल्लको पनि सहभागिता थियो ।


