डोटी, १२ भदौ (ई-रैवार)
जन्मदिनको अवसरमा नगर सभापती लाल कठायतले स्व.पत्रकार खड्काको स्मृतीमा सहयोग गरेका छन । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका नगर सभापती लाल कठायत (हेमन्त) ले आफ्नो जन्मदिनको अवसरमा स्व.पत्रकार खड्काको स्मृतीमा स्थापना गरेको अक्षयकोषका लागि आर्थिक सहयोग गरेका हुन् ।
नगर सभापती लाल कठायत (हेमन्त) ले नेपाल प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु) को स्मृतीमा स्थापना गरेको अक्षय कोषमा ५ हजार जम्मा गरेका हुन् ।
नेपाल तरुणदल नगर दिपायल सिलगढी नगरपालिकाका सभापति तथा उद्योग बाणिज्य संघ डोटीका सदस्य समेत रहेका कठायतले जन्मदिनमा हुने खर्च कटौती गरेर स्व. पत्रकार खड्कालाई सधै अमर राख्ने युनियनको अभियानलाई सफल बनाउँन अक्षय कोषका लागि सहयोग गरेको बताएका छन ।
बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको ३ बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।
प्रेस युनियनले स्व. संस्थापक पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरेको शाखाका सचिव पवन महाराले जानकारी दिए । महराले जन्मदिनको अवसरमा अक्षयकोषमा रकम जम्मा गर्ने कठायतलाई जन्मदिनको शुभकामनाका साथै धन्यबाद ज्ञापन गरेका छन् ।
प्रेस युनियनले घटना संकास्पद भएकाले सरकारसंग घटनाको गहिरो छानविन गरी मृत्युको कारण पत्तालगाउन र मृतकका परिवारलाई राहतको व्यवस्थाको गर्न माग गर्दै आएको छ । अक्षयकोषमा जम्मदिनको अवसर पारेर बिभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएका छन् ।



