सुदुरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टी

सुदुरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टी
Spread the love

 

धनगढी, १२ भदौ  (ई-रैवार) 

सुदुरपश्चिम प्रदेशमा आज थप ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४ महिला २२ पुरुष गरी ३६ जना र डोटी प्रयोगशालामा गरिएको परिक्षणमा ९ जना गरी ४५ जनामा कोरोना पुष्टी भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ४४ जनाको कोरोना परीक्षण गर्दा कैलालीका १९ र कञ्चनपुरका १७ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० जना, महाकाली नगरपालिकाका ४ जना, पुनरवास नगरपालिकाका २ र बेलौरी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

सूचना अधिकारी कुमार श्रेष्ठले कैलालीको गौरीगंगा नगरपालिकाका ६, बर्दगोरीका ५, चुरे गाउँपालिकाका ४, धनगढी उप–महानगरपालिकका २, घोडाघोडी नगरपालिकाका १ जना र स्थानीय तह नखुलेका १ जनामा संक्रमण पुष्टि भएको बताउका छन ।

डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको छ। प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय २८ जनाको परीक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सबै डोटीको सायल गाउँपालिकाका रहेका छन् । प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले सायल गाउँपालिकाका ६ पुरुष र ३ महिलामा गरी ९ जनामा कोरोना पुष्टि भएको बताए ।

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३९ पुगेको छ। संक्रमण पुष्टि भएका ४ हजार ७ सय ९१ जनाले कोरोना जितेका छन । भने अहिले सम्म १४ जनाको मृत्यु भएको छ ।