कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १ सय ४९ पुग्यो

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १ सय ४९ पुग्यो
Spread the love

 

काठमाडौ, ७ भदौ (ई-रैवार)

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको १ सय ४९ संख्या पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार मृत्यु हुनेमा झापा, पर्सा र सर्लाहीका रहेका छन् । मृत्यु हुनेमा झापाका ४८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका ३३ वर्षीया महिला रहेको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

हाल सम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेदर शून्य दशमलव ४७ प्रतिशत संक्रमित पुगेका छन् ।