कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १ सय २६ पुग्यो

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १ सय २६ पुग्यो
Spread the love

 

काठमाडौं , भदौ ४ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । मृतकको संख्या १ सय २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौंका एक महिला, मकवानपुरका एक पुरुष र सप्तरीका एक पुरुष र पर्साका एक महिला र दुई पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।