सुदूरपश्चिम प्रदेशमा एकैदिन १ सय २९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा एकैदिन १ सय २९ जनामा कोरोना पुष्टि
Spread the love

 

धनगढी, भदौ ४ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा १ सय २९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार २ सय ११ जनाको कोरोना परीक्षण गर्दा १ सय २९ जनामा संक्रमण देखिएको हो ।

कैलालीका ५०, डोटीका ३४, अछामका ३०, कञ्चनपुरका १४ र डडेल्धुराका १ जनामा कोरोना देखिएको हो। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ६ सय ९४ जनाको कोरोना परीक्षण भएकोमा ६४ जनामा संक्रमण पुष्टि भएको छ ।

कैलालीको गौरीगंगा नगरपालिकाका २६, गोदावरी नगरपालिकाका ११, घोडाघोडी नगरपालिकाका १० र भजनी नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार भीमदत्त नगरपालिका कञ्चनपुरका १४ जनालाई पनि कोरोना देखिएको छ।

डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप ४७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ७० जनाको कोरोना परीक्षण भएकोमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार अछामको मेल्लेख गाउँपालिका र साँफेवगर नगरपालिकाका १५– १५ जना गरी ३० जनामा, डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ। १ सय ४७ जनाको कोरोना परीक्षण भएकोमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका १८ जना नै डोटीका हुन् । दिपायल सिलगढी नगरपालिका वडा नम्वर ५ का ५ जना, वडा नम्वर ६ का तीन जना, वडा नम्वर २ का २ जना, वडा नम्वर ३, ४ र ८ का एक–एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज श्रेष्ठले बताए।

जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत ३ जना र राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत १ जनामा पनि कोरोना देखिएको उनले बताए। इन्चार्ज श्रेष्ठका अनुसार केआईसिंह गाउँपालिकाका १ महिलामा समेत संक्रमण पुष्टि भएको छ।

यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार २ सय १५ पुगेको छ। सबैभन्दा बढि कैलालीमा १ हजार ३ सय ८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डोटीमा ९ सय १९, अछाममा ७ सय ७०, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ६ सय १२ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डडेल्धुराका ३ सय १५, बैतडीका ३ सय एक, बझाङका २ सय ९८ र दार्चुलाका ४७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये ४ हजार ३ सय बढिले कोरोना जितेको दावी गरिएको छ भने १२ जनाको मृत्यु भएको छ ।