वर्षाका कारण सडक माथिबाट आएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

Spread the love

धनगढी, असार १ (ई-रैवार)

लगातारको वर्षातका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । प्रहरी चौकी गैराका अनुसार डोटीको जोरायल गाउँपालिका–१ गैरा भन्दा अगाडी पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको हो ।

भर्खरै सडक माथिबाट आएको पहिरोका कारण सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोडने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गैरा डोटीले जनाएको छ।

भर्खरै सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दजर्नौं सवारी साधन बीच बाटोमै रोकिएको छन । प्रहरीका अनुसार अहिले डोजरले पहिरो पन्छाउने काम गरिरहेको छ ।

त्येसैगरी पहिरोका कारण बाजुरा जाने मुख्य राजमार्ग साँफे–मार्तडी सडकखण्ड पनी अवरुद्ध बनेको छ। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

यस्तै जिल्लाकै मार्तडी–कोल्टी सडक शनिबारबाटै अवरुद्ध बनेको थियो। सडक अवरुद्ध हुँदा आवत जावतमा समस्या भइरहेको छ। साँफे–मार्तडी सडकखण्ड अवरुद्ध हुँदा तराईबाट दैनिक उपभोग्यका साम्रगी लगेर गएका सवारी साधन रोकिएका छन्।

पहिरो गएको दुवैतर्फ डोजर रहेको तर लगातार भइरहेको वर्षाका कारण सडक खुलाउन समस्या भएको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए।