बुढीगंगा नगरपालिकामा आगजनी

बुढीगंगा नगरपालिकामा आगजनी
Spread the love

बाजुरा,  साउन ११ (ई-रैवार) 

बाजुराको बुढीगंगा नगरपालिकामा आगजनी गरिएको छ। शनीबार राती अज्ञात समूहले नगरपालिकाको लेखा शाखामा आगजनी गरेका हुन ।

बुढीगंगा नगरपालिका  मेयर दिपक बिक्रम शाहले रातीको समयमा अज्ञात समूहले लेखा फाँटको झ्याल फोडेर पेट्रोल छर्किएर आगजनी गरेको बताए। मेयर शाहका अनुसार लेखा फाटमा राखिएका सम्पुर्ण कागजात लगायत फाईलहरु जलेर नष्ट भएको छन ।

प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी दान बहादुर रोकायाले आगलागिबाट क्षतीको विवरण तयार भै नसकेको र आगो लगाउनेको खोजीकार्य भरहेको बताएका छन ।

बाजुराको बुढीगंगा नगरपालिकामा गत वर्ष पनि विद्युत सर्ट भएर आगो लागेको थियो ।