काठमाडौं, जेठ ६ (ई-रैवार)
नेकपा माओवादीको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा विहीबार ११ बजे बैठक बस्न लागेको हो ।
माओवादीका स्थायी समिति सदस्य गणेश साहका अनुसार ११ बजे बस्ने बैठकमा कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा न्यूनीकरणका सन्दर्भमा आवश्यक निर्णय गर्ने छ । उनका अनुसार बैठकबाट कोरोना भाइरस संक्रमणविरुद्ध पार्टी पंति परिचालन गर्ने सन्दर्भमा विभिन्न योजना र कार्यक्रमहरु घोषणा गरिनेछ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे पार्टीले गर्नसक्ने कार्यक्रमका विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञहरुसँग परामर्शसमेत गरेका थिए ।
स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञहरुबाट प्राप्त सुझावका आधारमा बैठकले निर्णय लिने साहले बताए ।


