सहमतिबाटै अघि बढ्ने ओली र प्रचण्डबीच निष्कर्ष

Spread the love


काठमाडौं, असार २३ (ई-रैवार)

नेपकाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच अढाइ घण्टा छलफल भएको छ । मंगलवार दिउसो करिब अढाइ घण्टा छलफलमा पछी सहमतिबाटै अघि बढ्ने निष्कर्षमा पुगेका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहान साढे ११ देखि २ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार स्रोतका अनुसार दुई नेताबीच सहमतिमै अघि बढ्ने, सहमतिको आधार खोजेर पार्टी र सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने समझदारी भएको छ।
स्थायी समितिका बहुमत सदस्यले सरकारका काम कारबाहीमा गम्भीर सवाल उठाउँदै प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका बेला दुई नेताबीच सहमतिको बाटो खोज्ने विषयमा परामर्श भएकोे वताईएको छ ।

बालुवाटार स्रोतका अनुसार आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतलाई पनि सहमतिमा ल्याउने विषयमा छलफल भएको छ।
आफू प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने अडान लिँदै आएका रहेका ओलीले, अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न दबाब दिइरहेका छन । बुधबारको स्थायी समिति बैठकअघि ओली र प्रचण्डबीच छलफल हुनेछ।

पछिल््लो समय पार्टीभित्र देखिएको आन्तरिक विवाद र शक्तिसंघर्ष कारण दुई अध्यक्षबीच तिक्तता बढेपछि सोमबारदेखि ओलीले केही सकारात्मक संकेत गरेको नेकपाका एक नेताले बताए। बुधबारको स्थायी समिति बैठकअघि ओली र प्रचण्डबीच छलफल हुने छ। स्थायी समितिको बैठक बस्नुअघि बुधबार सहमतिको बिन्दु पहिल्याउने प्रयासमा दुई नेता संवादमा जुटिरहेका छन ।