‘लकडाउन’मा काठ तस्करी

Spread the love

धनगढी चैत्र १४(ई-रैवार)
विश्व नोवेल कोरोनाभाइरस(कोभिड-१९)को सन्त्रासमा छ । नेपाल सरकारले कोरोना भाईरसको संक्रमणको जोखिम घटाउन लकडाउन गरेको छ ।
तर यस्तोमा कैलालीमा भने काठ तस्करहरु भित्रभित्रै सल्बलाईरहेका छन् । यस्तो समयमा काठ तस्करी हुन थालेपछि डिभिजनल वन कार्यलय कैलालीले सक्रियता बढाएको छ ।
लकडाउनको मौकाको फाईदा उठाउदै जंगलवाट अबैध काठ तस्करी हुन थालेपछि डिभिजनल वन कार्यलय कैलालीले वन गस्तीमा सक्रियता बढाएको हो ।
यसै क्रममा सब डभिजनल वन कार्यलय फूलवारीका वन अधिकृत निराजन कडेलको नेतृत्व र भारताल साझेदारी वन ब्यबस्थापन समुहको संयुक्त टोलीले कैलालीको भारताल साझेदारी वन अन्तरर्गत धनगढी उपमहानगरपालिका –१६ बाट रामबहादुर चौधरी लगायत काँठ तस्करमा संलग्न ९ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ परेकाहरुकाहरुवाट काचाँ सालका दुई गालिया रागाँसहित एक डल्लब बरामत गरिएको डिभिजनल वन कार्यलय कैलालीका प्रमुख रामचन्द्र कडेलले जानकारी दिएका छन् । लकडाउनका कारण अदालत बन्द भएका कारण पक्राउ परेका रामवहादुर चौधरी लगायत ९ जना र काँठ सहितको डल्लब धनगढी उप–महानगरपलिका वडा नम्बर –१६का वडा अध्यक्ष लक्षीनारायण चौधरीको जिम्मा लागाईएको कडेलले जानकारी दिए । अदालत खुले लगत्तै उनिहरुलाई वन ऐन अनुसार कारर्वाही हुने कडेलले बताए ।
यस्तै लकडाउनको समयमा काठ तस्कारहरु मौलाएको भन्ने सूचना प्राप्त भए संगै वन कार्यलयले नियमित गस्ती समेत बढाई रहेको कडेलको भनाई छ । यता भारताल साझेदारी वन ब्यबस्थापन समुहका अध्यक्ष यादब भण्डारीले पनि लकडाउनको फाईदा उठाउदै भारतालक्षेत्रमा काँठ तस्करहरु सलबलाई रहेको भन्ने प्राप्त खबर संगै आफुहरु तस्करी नियन्त्रणमा लागी परेको बताए ।