काठमाडौं : संघीय संसद् अन्तरगतको प्रतिनिधिसभाको बैठक ८ मिनेट बसेर स्थगित भएको छ । प्रतिनिधि सभाको बैठक फागुन २२ गते आइतबारसम्मका लागि स्थगित गरिएको हो ।
प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले वेल घेरेर नाराबाजी गर्न थाले । एमालेको नाराबाजीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन सांसदमा पेश गरे । यो सबै प्रक्रियाका लागि प्रतिनिधिसभाले करिब ८ मिनेट समय लिएको थियो ।
प्रतिनिधिसभाको बैठक सुरुदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले वेल घेराउ गर्दै विरोध गरेका थिए । लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक यहि फागुन २२ गते आइतबार १ बजे बस्नेगरी स्थगित गरे ।


