डोटी, जेठ २८ (ई-रैवार)
डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सुप्रप ०१०० च २६१५ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुदाँ जीप चालक मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका वडा ४ कलागाडस्थित रेडियो नेपाल नजिक जिप दुर्घटना हुदाँ चालक हुकुम शाहको मृत्यु भएको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर घर भएका ५० वर्षीय शाहले कुखुराका चल्ला बोकेर धनगढीबाट बाजुराका लागि हिँडेको थिए ।
उक्त दुर्घटनामा परि गम्भीर घाइते भएका शाहको दिपायलको शैलेश्वरी अस्पतालमा उपचारको क्रममा जीप चालक शाहको मृत्यु भएको हो। जिप सय मिटर तल खसेको छ।


