नेपालमा एकैदिन थपिए ५ हजार ८७ कोरोना संक्रमित, तीन जनाको मृत्यु

Spread the love

काठमाडौं : नेपालमा आज थप ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४५ हजार ५०१ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १०८ जना पुगेको छ ।

योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या १८ हजार २३५ पुगेको मन्त्रालयले जनाएको छ । आज ३०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । शुक्रबार ३०६ जनाले कोरोना जितेका छन् ।

मन्त्रालयका अनुसार आज तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको छ ।