माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

Spread the love

काठमाडौं : नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार माओवादी केन्द्रको आठौँ महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकबाट बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्ड सर्वसम्मत निर्वाचित भएका हुन् ।

अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राखेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन जनाएका थिए । उक्त प्रस्ताव केन्दीय कमिटिले सर्वसम्मत अनुमोदन गरेको हो ।

अध्यक्षमा अरुको उम्मेदवारी नपरेको भन्दै ज्येष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे । माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटिबाट पार्टी पदाधिकारी चयनको प्रक्रिया सुरु गरिएको छ । 

nlntk’/, !( k’; . g]skf -dfcf]jfbL s]G›_sf] cf7f}+ /fli6«o dxflwj]zgaf6 cWoIfdf lgjf{lrt ePkl5 cWoIf kb tyf uf]klgotfsf] ;ky lnFb} k’iksdn bfxfn …k|r08Ú . t:jL/ M /Tg >]i7, /f;;

यसैबीच अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवाद दिए ।

उनले आफू लामो समय पार्टी नेतृत्वमा रहेको र विभिन्न घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै इतिहासका गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर पाएको चर्चासमेत गरे । उनले भने, ‘यति लामो समय, यति धेरै राजनीतिक घटनाक्रम र उतारचढावबाट गुज्रिएर अहिलेसम्म सक्रिय राजनीतिमा कायमै रहँदा भिन्न भूमिकामा जानु पर्दैन र भन्ने लाग्छ ।’

तर देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने आवश्यकता, पार्टीलाई अझै सुदृढ गर्ने आवश्यकता महसुस गर्दा आफू अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता रहेको उनले बताए ।

प्रचण्ड ३२ वर्षदेखि यो पार्टीको नेतृत्व गर्दै आएका छन् । ०४६ सालमा नेकपा मसालको महामन्त्री भएर नेतृत्व सुरु गरेका प्रचण्डले माअ‍ोवादी केन्द्रमा पुन: अर्को कार्यकालको नेतृत्व पाएका छन् ।