काठमाडौं :
स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।पाँच पल्टको युरोपेली च्याम्पियन बार्सिलोना बुधबार बायर्न म्युनिकसँग ३–० ले पराजित हुँदै च्याम्पिन्स लिगको समूह चरणबाटै बाहिरिएको हो ।
अर्को खेलमा वेनफिकाले डिनामो किभलाई २-० ले पराजित गरेपछि बार्सिलोना समूह ई मा तेस्रो हुँदै बाहिरियो । बायर्नलाई घरेलु मैदानमा जित दिलाउन थोमस मुलर, लरे साने र जमल मुसिएलाले गोल गरे ।
बार्सिलोना यसअघि सन् २०००-२००१ मा समूह चरणबाटै बाहिरिएको थियो । बायर्नले शतप्रतिशत जितसहित ६ खेलबाट १८ अंक जोड्यो । वेनफिका ८ अंक जोडेर समूह पविजेताको रुपमा नकआउट चरणमा पुग्यो । ६ मध्ये २ खेल जित र १ बराबरीबाट ७ अंक जोडेको बार्सिलोना तेस्रो भयो ।
पछिल्लो १७ वर्षयता बार्सिलोना नकआउट चरण पुग्न असफल रहेको यो पहिलो पल्ट हो । सन् २००३–२००४ यता बार्सिलोनाले लगातार १६ सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा खेलेको थियो । यस सिजन लियोनल मेसीलाई गुमाएको बार्सिलोनाका लागि यो हार थप आर्थिक संकटका रूपमा अगाडि आउने छ ।


