काठमाडौं जेठ १(ई-रैवार)
विहिवार बिहानै दुईजनामा कोरोना भाईरस(कोभिड१९) पुष्टी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकघण्टाको अन्तरमा थप पाँच जनालाई कोरोना संक्रमण पुष्टी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार संक्रमित हुनेहरु सर्लाही धन्कौल नगरपालिकाका १ जना, धनुषा, जनकपुर नगरपालिकाका र मिथिला नगरपालिकाका एक एक जना, महोत्तरी जलेश्वर र बलवाका एक एक जना गरी ५ जना छन्। उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको थियो।
यो सँगै २५० जनामा कोरोना पुष्टि भएको छ।
पुनश्च: समाचारको स्रोत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हो । जसको सूचनाले पहिले संख्या २५० पुगेको र पछि मन्त्रालयले सच्याउदै पाँचजनाको पुन: रिपोर्टिङ भएकाले संख्या बढी देखिएको विज्ञप्ति सार्वजनिक गरेको छ । जसको समाचार सामाग्री यो लिङ्कमा छ ।
https://onlinebusinesskhabar.com/5141416/


