देशभर आज ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ४८४ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं, कात्तिक २३ (ई-रैवार)

देशभर आज थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९१८ पीसीआर परीक्षणमा ४४३ जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ९० जना गरी ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ११८, भक्तपुरमा १३ र ललितपुरमा ३८ जनामा संक्रमण भएको छ । त्यस्तै मोरङमा ४२, झापामा २२, रुपन्देहीमा २९, कास्कीमा २०, चितवनमा १६, कैलालीमा १५ र दाङमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १५ हजार ३७२ पुगेको छ । हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या सात हजार ६१२ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना ४८४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ७ लाख ९६ हजार ३०६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु संख्या ११ हजार ४५४ जना पुगेको छ ।

हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ३७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९२६ जना पुगेको छ ।