धनगढी, असार २९ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा समुदायका सबै नागरिकको स्वाब परिक्षण गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा रहेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषको कार्यालय धनगढीमा सोमवार वसेको बैठकले सुदूरपश्चिममा कोरोनाको अवस्थाको समिक्षा गर्दै पिसीआर मेसिनमार्फत अव समुदायको पनि स्वाब परिक्षण गर्ने निर्णय गरेको छ ।
बैठकले होल्डिङ सेन्टर, क्वारेन्टाइनलाई अनिवार्य गर्दै थप व्यवस्थित वनाउने, सबै स्थानीय तहमा आइसोलेसन कक्ष निर्माण गर्ने, कोरोना नियन्त्रणकालागि चाहिने आवश्यक स्वास्थ्य सामाग्री अभाव हुन नदिने लगायतका निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
साथै बिषेश सुरक्षा अपनाई यातायात, उधोग, कलकारखाना तथा विकास निर्माणका कामलाई सुचारु गर्ने, लगायतका निर्णय बैठकले गरेको कोरोना संक्रमणको रोकथामसँगै वर्षादको बेला आइपर्ने प्राकृतिक विपद बाढी पहिरो तथा डुवान जस्ता जोखिम न्युनिकरणको तयारी, जनचेतनावाट सजकता अपनाउन सबै जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिलाई तयारी अवस्थामा राख्ने, विपद आइपरे उद्धार उपचार र रहात छिटो छरितो बनाउन संघीय र स्थानीय तहसँगको समन्वयमा प्रदेश सरकारले तदारुकता देखाउने निर्णय गरेको मुख्यमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ ।
बैठकबारेको प्रतिकृयामा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले स्थापना गरिरहेका थप तीनवटा प्रयोगशाला धनगढी, डोटी र बैतडीमा पिसीआर मेसिन जडान भैइरहेको र धनगढीस्थित स्वास्थ्य कार्यालयमा भैइरहेको जडान अन्तिम चरणमा पुगेकोले यसै सातावाट परिक्षण सुरु हुने दावी गरे । बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, प्रदेश प्रहरी प्रमुख, सेना प्रमुख, कैलालीका प्रमुख जिल्ला अधिकारी, धनगढी उपमहानगरपालिका नगरप्रमुख, प्रदेश स्वास्थ्य निर्देशक लगायतको सहभागी रहेको थियो ।


