काठमाडौं, कात्तिक २३ (ई-रैवार)
सुदूरपश्चिम, कर्णाली र प्रदेश नम्बर १ का प्रदेशप्रमुख पदमुक्त भएका छन् । राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तिन प्रदेशका प्रदेशप्रमुख पदमुक्त भएकी हुन ।
राष्ट्रपति भण्डारीले मंगलबार पालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश १ का प्रदेशप्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णाली प्रदेशका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशका गंगाप्रसाद यादवलाई पदमुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश १ मा पशुराम खापुङ्ग, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देशराज जोशीलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
यस अघि हिजो बसेको मन्त्रिपरिषद् तीन प्रदेश प्रमुख हटाइ नयाँ नियुक्तिका लागि सिफारिस गरेको थियो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।



