काठमाडौं, वैशाख ५ (ई-रैवार)
देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पहाडी भू–भागका थोरै स्थानमा आज मेघगर्जनरचट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
विभागका अनुसार आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ ।
मेघगर्जनरचट्टयाङ्ग र हावाहुरीको सम्भावना रहेकाले सतर्क हुन विभागले नागरिकलाई आग्रह गरेको छ । केही दिन यता हरेकदिन अपहराह्न्न पछि हावाहुरी, चट्टयाङ्गसहित सामान्य वर्षा हुँदै आएको छ । स्थानीय वायु सक्रिय भएर हावाहुरी, चट्टयाङ्गसहित सामान्य वर्षा भए पछि केही हप्ताअगाडि बाट नियमित रुपमा लाग्दै आएको तुवाँलो हटेको छ । बाक्लो तुुँवालो लागेर वायु प्रदूषण बढेपछि सरकारले चारदिन देशभरका विद्यालय बन्द गरेको थियो ।
सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
मंगलबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।


