नेपालमा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

नेपालमा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु
Spread the love

धनगढी, वैशाख ४ (ई-रैवार)

नेपालमा आज थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ५ जना कोराना संक्रमितको मृत्यु भएको छ । हाल सम्म नेपालमा मृतकको संख्या ३ हजार ७५ पुगेको छ ।

यससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । पछिल्लो घण्टामा ६ हजार ४ जनामा कोरोना परीक्षण भएको थियो ।