काठमाडौं, वैशाख ३ (ई-रैवार)
नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदान टियुमा पहिलो पटक त्रिकोणात्मक टि २० आई सिरिज खेल्दै छ । शनिवारदेखि नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच टियु मैदानमा त्रिकोणात्मक टि २० आई सिरिज सुरु हुँदैछ ।
पहिलो खेलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलसँगै नेपालले घरेलु मैदानमा पहिलो पटक त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ । यो नेपालमा हुन लागेको पहिलो टि२० सिरिज समेत हुनेछ ।
नेपालले पहिलो त्रिकोणात्मक सिरिज २०१८ मा लर्डस मैदानमा मेरीलेबोन क्रिकेट क्लब र नेदरल्यान्ड्सँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेको थियो । एमसीसीलाई ९ विकेटले हराएपनि नेदरल्यान्ड्सँगको खेल वर्षाको कारण स्थगित भएको थियो । नेपालले दोस्रो टि२० त्रिकोणात्मक सिरिज गतवर्ष सिंगापुर र जिम्बावेविरुद्ध खेलेको थियो । समग्रमा नेपालले खेल्ने यो तेस्रो त्रिकोणात्मक टि२० सिरिज हुने छ ।
नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टि२० विश्वकपसँगै टि२० आईको मान्यता पाएको थियो । नेपालले आफ्नो पहिलो टि२० आई सिरिज हङकङविरुद्ध श्रीलंकामा खेलेको थियो । श्रीलंका भएको उक्त चार खेलको टि२० आई सिरिज नेपालले १–० ले गुमाएको थियो । वर्षाको कारण सुरुवाती तीन खेल हुन नसक्दा अन्तिम खेलमा नेपाल २ विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपालका सोमपाल कामीले १० औं नम्बरमा ब्याटिङ गर्दै ४० रनका साथ टि२० आईमा उक्त नम्बरमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका थिए ।
त्यसपछि नेपालले २०१५ मा नेदरल्यान्ड्सँग उसकै घरेलु मैदानमा चार टि२० आई सिरिज खेलेको थियो । उक्त सिरिज नेपालले ३–१ ले गुमाएको थियो । उक्त सिरिजपछि आयरल्यान्ड र स्कटल्यान्डमा भएको टि२० विश्वकप छनोट खेलेको नेपालले खराब प्रदर्शन गरेसँगै टि२० आई मान्यता पनि गुमेको थियो ।
२०१८ मा ओडिआई मान्यता पाएसँगै टि२० आई पनि फर्किएको थियो । २०१९ भने आइसिसीले सबै आफ्ना सदस्य राष्ट्रलाई टि२० आई मान्यता दिएको थियो । नेपालले पहिलो टि२० सिरिज २०१८ मा यूएईलाई २–१ ले हराउँदै जितेको थियो ।
नेपालले घरेलु मैदानमा पहिलो टि२० आई खेल गतवर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानसँग खेलेको थियो । उक्त खेलमा नेपालले आफ्नो टि२० आई इतिहासकै सर्वाधिक २ सय ३६ रन जोडेको थियो । सागमा नेपाल, माल्दिभ्स र भुटानको खेलले टि२० आई मान्यता पाएको थियो ।
नेपालले अन्तिम खेल २०१९ मा एसिसी इस्टर्न रिजन टि२० एसिया छनोट खेलेको थियो । खराब प्रदर्शनका साथ नेपाल पाँच टोली सहभागी प्रतियोगितामा चौथो स्थानमा रहँदै बाहिरिएको थियो । त्यसपछि कोरोना महामारीले खेलकुद ठप्प बन्यो । नेपालले १४ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्दै छ ।
नेपालले घरेलु मैदानमा पहिलो ओडिआई त्रिकोणात्मक सिरिज भने खेलि सकेको छ । गतवर्ष माघमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग खेलेको थियो । पछिल्लो एकवर्ष अन्तर्राष्ट्रय खेल र प्रतियोगिता नखेलेपनि नेपाली खेलाडीले माघमा प्रधानमन्त्री कप र फागुनमा काठमाडौं मेयर कप एकदिवसिय क्रिकेट प्रतियोगिता खेलेका थिए । हाम्रो खेलकुदबाट


