सीसीएमसी बैठकमा उपप्रधानमन्त्री पोखरेल र मन्त्री भट्टराईबीच चर्काचर्की

सीसीएमसी बैठकमा उपप्रधानमन्त्री पोखरेल र मन्त्री भट्टराईबीच चर्काचर्की
Spread the love

 

काठमाडौं, भदौ ३ (ई-रैवार)

नेकपा सचिवालय सदस्य तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र सचिवालय स्थाई समिति सदस्य तथा पर्यटन संस्कृती तथा नागरिक उड्यन मन्त्री भट्टराईबीच चर्काचर्की भएको छ ।

दुवईमा अलपत्र परेका नेपालीलाई नल्याई नेपाल एआरआईन्सको विमान सोमबार काठमाडौं फकिएपछि रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र पर्यटन मन्त्री योगेश भट्टराईबीच यो बिषयलाई लिएर चर्काचर्की भएको हो ।

मंगलबार बसेको सीसी एमसीको बैठकमा यी दुुई मन्त्रीहरुबीच चर्काचर्की परेको बैठकका एक सहभागिले बताए । कोरोना संक्रमणका अलपत्र परेका २ सय ६६ नेपाली श्रमिक सोमबार राति नै नेपाल फर्कन तयार भएर दुबई एयरपोर्ट आएका थिए ।

वैदेशिक रोजगारीको शिलशिलामा युनाइटेड अरब इमिरेट्स अरब (यूएई) आएका उनीहरु लामो समयदेखि स्वदेश फर्कन पाएका थिएनन् । कोरोनाको कारण लामो कागजी प्रक्रिया, कोरोना परीक्षण लगातका सबै प्रक्रिया पूरा गरी उनीहरु एयरपोर्ट आएको भएपनि अन्तिम समयमा उनीहरु एयरपोर्टमै अलपत्र परे ।

ती २ सय ६६ जनालाई लिन गएको नेपाल एयरलाइन्सको जहाज मंगलबार बिहान रित्तै फर्किएसँगै उनीहरु निराश बने । यो घटनामा ती श्रमिकमाथि अमानवीय व्यवहार भएको भन्दै चौतर्फी आक्रोश बढेको छ ।

यसरी सबै प्रक्रिया पूरा गरेर पनि ती नेपालीहरु स्वदेश फर्कन नपाउनुको कारण भने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) रहेको खुलेको छ। सरकारले कोभिड–१९ महामारीको संक्रमण रोकथाम, नियन्त्रणका लागि गठन गरेको सो समितिले यसअघि आफैंले गरेको निर्णयलाई असर पार्ने अर्को निर्णय सोमबार गरेको थियो ।

सीसीएमसीका संयोजक समेत रहेका रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पराराष्ट्रमन्त्री प्रदिप ज्ञावली मार्फत अलपत्र नेपालीहरुलाई तत्काल नेपाल नल्याउन पत्रचार गरेका थिए। क्वरेन्टाईनको समस्या देखएर जाहाज फिर्ता गर्नु लज्जास्पद भएको भन्दै पर्यटन मन्त्री योगेश भट्टराईले पोखरेलविरुद्ध आक्रोश पोखेका थिए। उनले पोखरेलको यो कदम सरकारविरुद्ध वदनाम गराउने खेल भएको आरोप समेत लगाएका थिए । जवाफमा पोखरेलले क्वारेन्टाईनको समस्या भएकोले तत्काल ल्याउन नसकिएको भन्दै भट्टराईको प्रतिवाद गरेको स्रोतले बतायो ।