काठमाडौं, फागुन २५ (ई-रैवार)
नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले स्थायी कमिटीको बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्नेगरी बोलाएको हो ।
कार्यालय सचिव श्रीराम ढकालले बैठकमा पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने बताएका छन ।
सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई व्युँताइदिएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्न लागेको पहिलो पटक हो ।


