सौराहा मंसिर १४(ई-रैवार)
सौराहास्थित होटल सेभेनस्टार परिसरमा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान भईरहेको छ । जहाँ धमाधम मतदान भईरहदा रोचक घटनाक्रम चलिरहेका छन् । अहिले धमाधम मतदातालाई उम्मेदवारका सूचीहरु समेत बाँडिदै छन् । जसको अगुवाई अध्यक्ष केपी शर्मा ओली पक्षधरले गरिरहेका छन् ।
ओली पक्षधरले बाँडिरहेका सूचीहरु पनि दुई किसिमका छन् । जसमा कसलाई भेट हाल्ने र कसलाई नहाल्ने भनेर सूची तयार गरेर ओली पक्षले वितरण गरिरहेका छ । यसअघि एमालेले महाधिवेशन प्यानल नबनाउने घोषणा गरेको थियो ।
आफ्नो विपक्षी खेमामा रहेका भीम रावल र यसअघि ओलीले बन्दसत्र हलमा वाचन गरेका नाममा मात्र भाट हाल्ने गरी ओली पक्षले सूची महाधिवेशन प्रतिनिधिलाई वितरण गरेको हो । एमालेको नयाँ नेतृत्वको दौडमा केपी ओली र भीम रावल रहेका छन् भने पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्यको केही पदमा पनि निर्वाचन भइरहेको छ।
अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान हुनेछ । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्नेछन् ।
अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।


