प्रचण्ड–माधव समूहमा ५०/५० प्रतिशतका दरले भागबण्डा

प्रचण्ड–माधव समूहमा ५०/५० प्रतिशतका दरले भागबण्डा
Spread the love

काठमाण्डौँ फागुन ९(ई-रैवार)
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनामा ५०/५० प्रतिशतका दरले हिस्सेदारी हुनेगरी भागबण्डा मिलाएको छ । संगठनात्मक संरचनालाई पूर्णता दिनेगरी ९ बुँदे मापदण्ड तयार गर्दै सो अनुसारको भागबण्डाको दरमा सहमती जुटेको छ ।
शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका छन् ।
नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०/५० प्रतिशत हुने भएको छ ।
मापदण्डअनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम्‌ पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिनेछ । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने’ मापदण्डमा भनिएको छ ।
यस्तै पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुन सदस्य संख्यामा पनि ५०/५० प्रतिशत हुनेगरी बिशेष व्यवस्था गर्न सहमति भएको छ ।
एमाले र माओवादीबीच एकता हुँदा ६०/४० को अनुपातमा एकता भएको थियो ।