बलात्कारमा संलग्न भएको आरोपमा महिला पक्राउ

बलात्कारमा संलग्न भएको आरोपमा महिला पक्राउ
Spread the love

बझाङ फागुन ९(ई-रैवार)
बलात्कार घटनामा संलग्न भएको आरोपमा बझाङमा एकजना महिलालाई पक्राउ परेकी छन् । केदारस्युँ गाउँपालिका–६ भाटसैनीकी ४० वर्षीया कालीदेवी धामीलाई आइतबार सिराडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनी घटना भएको मिती २०७६ फागुन १९ देखि फरार रहेकी ती महिलाले बलात्कारमा सघाएको भन्ने अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। पीडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार पक्राउ परेकी धामीलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिएको छ।
सोही मुद्दामा फरार रहेका अर्का आरोपित दिपकबहादुर गुर्धामीको भने खोजी कार्य भइरहेको उनले बताए।