काठमाडौं, मंसिर २२ (ई-रैवार)
नेपालमा आज थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २० संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६१४ पुगेको छ । सोही अवधीमा १ हजार १४ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा १ हजार ६२८ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ । हालसम्म संक्रमित मध्ये २ लाख २७ हजार ४३३ निको भइसकेका मन्त्रालयले जनाएको छ ।


