नेपालमा थप १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १६२८ डिस्चार्ज

नेपालमा थप १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १६२८ डिस्चार्ज
Spread the love

काठमाडौं, मंसिर २२ (ई-रैवार)

नेपालमा आज थप १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २ सय २० जनाको परीक्षण गर्दा १ हजार १४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ३४४, ललितपुरमा ६७, रुपन्देहीमा ५३, चितवनमा ३६, भक्तपुरमा ३१, कास्कीमा ३०, कपिलवस्तु र दाङमा २८/२८, कञ्चनपुरमा २७, कैलालीमा २४, झापा र अछाममा २२/२२, मोरङमा २०, सुर्खेतमा १६, काभ्रे र अर्घाखाँचीमा १५/१५ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै पाल्पामा १४, प्युठान र डडेल्धुरामा १२/१२, सुनसरी र पर्वतमा ११/११, इलाम, तनहुँ, नवलपरासी पश्चिम र बझाङमा १०/१०, बारा, मकवानपुर, बाग्लुङ र बाँकेमा ९/९, धादिङ र नवलपरासी पूर्वमा ८/८, संखुवासभा र स्याङ्जामा ६/६, सप्तरी, सिन्धुपाल्चोक र लमजुङमा ५/५, नुवाकोट, गोरखा, मुगु र जुम्लामा ४/४ जना संक्रमित भेटिएका छन् ।

धनुषा, सिराहा, ताप्लेजुङ, दोलखा, कालीकोट र बर्दियामा ३/३ जना, पर्सा, ओखलढुंगा, सर्लाही गुल्मी, दैलेख, जाजरकोट, रोल्पा र बैतडीमा २/२ र पाँचथर, तेह्रथुम, रौतहट, महोत्तरी, रामेछाप, सिन्धुली र बाजुरामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय २८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ४८ रहेको छ ।