कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु, मृतकको संख्या ११ सय ७४ पुग्यो

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु, मृतकको संख्या ११ सय ७४ पुग्यो
Spread the love

काठमाडौं,कार्तिक २६  (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट देशभर थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २६ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार नेपालमा हालसम्म  कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ पुगेको छ ।

मंगलबार देशभर कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको थियो । सोमबार १८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।